दफा २४
स्वास्थ्य संस्था बाहेक अन्यत्रबाट स्वास्थ्य सेवा प्रदान गर्ने
: (१) स्थानीय तह तथा प्रदेश सरकारले शैक्षिक संस्थासँग सहकार्य गरी विद्यालय स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्रदान गरिने विद्यालय स्वास्थ्य सेवाको प्रकृति र मापदण्डहरू सम्बन्धित प्रदेश तथा स्थानीय तहले तोके बमोजिम हुनेछ।
(३) कुनै स्वास्थ्य संस्थाले सम्बन्धित प्रदेशको तोकिएको निकायबाट अनुमति लिई घुम्ती शिविरहरू मार्फत विशेषज्ञ सेवाहरू सञ्चालन गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम घुम्ती स्वास्थ्य शिविर प्रदान गर्दा पूरा गर्नु पर्ने प्रकृया र मापदण्ड प्रदेश सरकारले तोके बमोजिम हुनेछ।
(५) घर घरमा दिइने स्वास्थ्य सेवा प्रदान गर्दा पूरा गर्नु पर्ने प्रकृया र मापदण्ड स्थानीय तहले तोकेबमोजिम हुनेछ।